काठमाडौं ।
पश्चिम दिल्लीको राजा गार्डेन क्षेत्रमा रहेको एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा दुई महिलासहित चार जनाको निसास्सिएर मृत्यु भएको छ ।
एक जना घाइते भएको स्थानीय अग्निशमन विभागले जनाएको छ । आगलागी हुने बित्तिकै स्थानीय प्रहरी र दिल्ली अग्निशमन सेवाका कर्मचारीहरू आगो निभाउन र मानिसहरूलाई उद्धार गर्न घटनास्थलमा पुगेका थिए ।
तर उनीहरुको ज्यान बचाउन भने सफल भएनन् ।सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।




प्रतिक्रिया दिनुहोस्