४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने


403
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची छ ।

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।