Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


संविधान दिवसका अवसरमा दीप प्रज्ज्वलन


0
Shares

काठमाडौं, असोज ३ । संघीय गणतन्त्र नेपालको संविधान जारी भइ चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुले दीप प्रज्ज्वलन गरेका छन् ।

माइतीघर मन्डलामा उनीहरुले मैनबत्ती बालेर संविधान दिवस मनाएका हुन् ।

कम्युनिस्ट पार्टीहरुकै कारण संविधान जारी हुन सम्भव भएको भन्दै कार्यक्रमका सहभागीहरुले यसको सफल कार्यान्वयनमा जोड दिएका थिए ।