२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


राजनीतिक दल खोल्ने मेडिकल व्यवसायी प्रसाईको घोषणा


0
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल खोल्ने घोषणा गर्नुभएको छ ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले केही समयभित्रै दलको नाम समेत घोषणा गर्ने बताउनुभएको हो । पूराना रानीतिक दलले गरेको नराम्रो काम देखेर जनता आत्तिएको समेत उहाँले बताउनुभयो । नेपाल र नेपालीको धरातल हेरेर राजनीति गर्नुपर्नेमा उहाँको जोड थियो । आफू राजनीति गर्ने मान्छे नभएको बताउदै उहाँले जबर्जस्ती रुपमा राजनीतिमा ल्याइएको बताउनुभएको छ ।

आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू दल खोलेर राजनीतिमा आउने निष्कर्षमा पुगेको मेडिकल व्यवसायी प्रसाईको भनाइ थियो । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादीहरुको कार्यक्रममा उक्साएको आरोपमा करिब ३ महिना डिल्लीबजार कारागारमा थुनामा बसेर केही हप्ता अघि मात्रै उहाँ रिहा भएका थिए ।