Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


करेन्ट लागेर एक दम्पतीको मृत्यु


416
Shares

काठमाडौं ।

सप्तरीको कञ्चनरुप नगरपालिका –५ स्थित पिपरामा विद्युत् प्रवाह चुहावट (करेन्ट) भएर आज विहान एक दम्पतीको मृत्यु भएको छ।

निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला (करेन्ट) छाडेका थिए। सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको थियो। उनीहरू आफ्नो घरदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो।

खेतमा जाने क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ।

Skip This