३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बोधगयामा भेट हुने


2.431k
Shares

काठमाडाैं ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको बोधगयामा भेटवार्ता हुने भएकाे छ ।

भारतीय प्रधानमन्त्रीले विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परा रहेकोमा यो पटक नेपालका प्रधानमन्त्रीका लागि गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल चयन गरिएको बताइकाे छ ।

दुई मुलुकका सरकार प्रमुखबीच बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयस्रोतले जनाएको छ । प्रधानमन्त्री ओली यहि भदौ ३१ मा भारत जाने तयारीमा हुनुहुन्छ ।

प्रधानमन्त्री बनेको १४ महिनापछि उहाँले भारतको औपचारिक भ्रमण गर्न लाग्नु भएको हो । ओलीको भ्रमणको तयारीका लागि विदेश सचिव विक्रम मिस्री आइतबार काठमाडौँ आउने कार्यतालिका छ ।

उहाँले भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्ने पनि कार्यक्रम छ । भ्रमण कार्यतालिका तथा बोधगयाको रुट भारतीय विदेश सचिव मिस्रीको भ्रमणबाट तय हुने पनि बताइएको छ ।