
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा संगठनको जिल्ला अधिवेशन स्थगित भएको छ ।
उक्त संगठनको काठमाडौं जिल्ला अधिवेशनमा संस्थापन र इतर पक्षबीचको विवादमा हात हालाहालको अवस्था आएपछि संस्थापन पक्षले अधिवेशन स्थगित गरेको हो ।
राप्रपा भित्रको असन्तुष्टिको आगो भ्रातृ संगठनहरुमा पनि सल्किएको छ । विवादका कारण राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन विभाजित हुन पुगेको छ ।
तर इतर पक्षले ज्योति लामाको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । त्यसअघि अधिवेशन उद्घाटन गर्न पुग्नु भएका राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनकै अगाडि दुई पक्ष विवाद उत्रिएको र अवस्थ हात हालाहालमै परिणत भएपछि लिङ्देनले अधिवेशन स्थगित गरिएको घोषणा गर्नुभएको थियो ।
राप्रपामा अध्यक्ष लिङ्देन र महामन्त्री धवल शमशेर राणा पक्षबीच केही समय यता विवाद चर्किंदै गएको छ । लिङ्देनले आफू इतरका नेताहरुको जिम्मेवारी खोस्ने र कारबाही गर्ने गर्दा पूर्व पञ्चहरुको पार्टी विवादको दलदलमा फस्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्