Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


नापी कार्यालय प्रमुखलाई कालोमोसो दलेको आरोपमा नेकपा बहुमतका सेक्रेटरी पक्राउ


1.3k
Shares

काठमाडौं ।
नापी कार्यालय खैरेनीका प्रमुख शालिग्राम लम्साललाई कालोमोसो दलेको आरोपमा नेकपा बहुमत चितवनका जिल्ला सेक्रेटरी ध्रुव खड्का पक्राउ परेका छन्।

मंगलबार लम्सालको कार्यकक्षमै प्रवेश गरी कालोमोसो दलिएको घटनापछि अनुसन्धानका क्रममा खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालका अनुसार घटनास्थलमा फ्यालिएको प्रचार सामग्रीका आधारमा खड्काको संलग्नता देखिएको छ।

प्रचार सामग्रीमा लम्सालमाथि कित्ता काट गर्दा अवैध रूपमा ठूलो रकम लिने, भूमाफियासँग मिलेर गैरकानुनी कित्ता काट गर्ने, सेवाग्राहीसँग विभिन्न शीर्षकमा रकम असुल्ने तथा कार्यालय समयमा ढिला पुग्नेजस्ता आरोप लगाइएको थियो।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।

Skip This