 
	    काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले रसुवा भोटेकोशी बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा ऊर्जामन्त्री खड्काले यो आयोजनाको हेडबक्समा पूर्ण रुपमा क्षति भएकाले केही समय अझै लाग्ने बताउनुभयो । उहाँले बाढीका कारण त्रिशुली नदी करिडोरमा सञ्चालन रहेका केही महत्वपूर्ण जलविद्युत आयोजनाहरु तथा प्रशारण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्नुभयो ।
ऊर्जामन्त्री खड्काले ६० मेगावाट क्षमता रहेको त्रिशुली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालन हुने बताउनुभयो । उहाँले बाढीका कारण करिब २६० मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा विच्छेद भएको जानकारी गराउनुभयो ।
ऊर्जामन्त्री खड्काले ट्रान्समिसन लाइनका २२० केभी, १३२, १३३ केभी क्षमताको त्रिशुली ३ बी सवस्टेशन समेत प्रभावित भएको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्