३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानी गरेर संसदीय अभ्यासमा कलङ्कित कथा बुनियो : रास्वपा


741
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले संघीय निजामति विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा हेरफेर गरेर संसदीय अभ्यासमा कलङ्कित कथा बुनिएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद झाले विधेयकको सबैभन्दा गम्भीर र महत्वपूर्ण व्यवस्थामै छेडखानी गरेर सांसदहरुलाई नै ठग्ने काम भएको बताउनुभयो । उहाँले कुलिङ अफ पिरियड व्यवस्थामा हेरफेर सन्दर्भमा गठित छानविन समितिको नेतृत्व नेपाली कांग्रेसलाई दिन नहुने बताउनुभयो । उहाँले भिजिटि भिसा प्रकरणमा समेत आफूहरुको आन्दोलन जारी रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विगत लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन आयोग गठनको माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।