२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


स्थानीय तहमा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना गरेन : सांसद निधी


1.04k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाउनुभएको छ ।

जनकपुरमा शनिवार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा सांसद निधीले नेपाली कांग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामुहिक अभियानमा जोडिन नखोजेको बताउनुभयो । एमालेले नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको उहाँको आरोप छ । मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकाहरुमा अवरोध गरेको आरोप लगाउनुभयो ।

सांसद निधीले राजनीतिक प्रतिशोधका कारण नेताहरु एउटाले ल्याएका योजनाहरु ल्याउन नदिने वा अवरोध गर्ने काममा लागेको आरोप लगाउनुभयो ।