१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


न्याय क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने गरी बजेट विनियोजन गरिएको छ : मन्त्री चौरसिया


702
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्याय क्षेत्रलाई छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले सूचना प्रविधिको प्रभावकारी उपयोगमार्फत अदालतप्रति जनआस्था र विश्वास बढाउने वातावरण सिर्जना गर्ने प्रयास भइरहेको पनि बताउनुभयो । उहाँले न्याय प्रणालीलाई डिजिटल बनाउने क्रममा अनलाइन मुद्दा दर्ता, मुद्दाको अवस्था अनलाइनबाटै बुझ्ने तथा भिडियो कन्फरेन्समार्फत मुद्दामा बहस गर्ने प्रणाली लागू भइसकेको जानकारी गराउनुभयो ।

मन्त्री चौरसियाले न्यायपािलकाप्रति जनआस्था बढाउनेतर्फ सरकार गम्भिर रहेको पनि बताउनुभयो ।