 
	    काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संविधान संशोधनबारे सरकारले छलफल अघि बढाइरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता समेत रहनुभएका मन्त्री खड्काले संविधान संशोधनका लागि आवश्यक छलफल गर्ने काम गरिरहेको बताउनुभएको हो । उहाँले संयुक्त सरकार भए अनुसारको भुमिका निर्वाह भइरहेको बताउनुभयो । सात बुँदे सहमति कार्यान्वयमा संविधान संशोधनको पाटोलाई लिएर विश्लेषण हुने गरेको भन्दै सरकारले अन्य राजनीतिक दलहरुसँग पनि आवश्यक छलफल गरिरहेको बताउनुभयो । संविधान संशोधनका लागि दुई तिहाई आवश्यक पर्ने र समयानुकुल भएसँगै संविधान संशोधनको काम अघि बढ्ने बताउनुभयो ।
मन्त्री खड्काले दुई तिहाई नभएका कारणले रोकिरहेको र दुई तिहाई पुगेको दिन सात बुँदे सहमति कार्यान्वयन हुने बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्