१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


संसद लोकतान्त्रिक व्यवस्थाको आधारशिला : कानूनमन्त्री चौरसिया


221
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसद लोकतान्त्रिक व्यवस्थाको आधारशिला भएको बताउनुभएको छ ।

सोमबार बानेश्वरमा संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कानूनमन्त्री चौरसियाले नेपालमा कुनै न कुनै कोणबाट संसदीय प्रणालीमाथि पटक पटक प्रहार भएको बताउनुभयो । अहिले पनि तानाशाहीहरुलाई कारबाही नगरेको कारण उनका अवशेषहरु पटक पटक टाउको उठाउने गरेको बताउनुभयो । देशमा सुशासन, भ्रष्टाचारको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।

कानूनमन्त्री चौरसियाले सुशासन कायम गर्न, पारदर्शी शासन कायम गर्न सबैले उच्च नैतिक मूल्य मान्यताका साथ काम गर्नुपर्ने बताउनुभयो । जनताका अधिकार सुनिश्चित गर्ने कुरामा कतै पनि कन्जुस्याँई हुन नहुने बताउनुभयो ।