
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखक अत्यन्तै स्वच्छ छविको इतिहास निर्माण गरेको व्यक्ति भएको भन्दै प्रशंसा गर्नुभएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक घिमिरेले गृहमन्त्री लेखकको प्रशंसा गर्नुभएको हो । उहाँले गृहमन्त्री लेखक पटक पटक मन्त्री हुनुभएको बेदाग चरित्र रहेको समेत बताउनुभयो । उहाँले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको उच्चस्तरीय छानबिन समितिलाई निष्पक्ष छानबिन र अनुसन्धानमा गृहमन्त्रीले भित्रैदेखि सदासयताका साथ काम गर्ने कुरामा पर्याप्त आधार र ठाउँहरू रहेका दाबी गर्नुभयो ।
प्रमुख सचेतक घिमिरेले संसद बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई संसदीय अभ्यासमा सरकारमाथि विश्वास नगर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले बनाइएको समितिलाई साथ दिन र समितिलाई अपनत्व गरेर शङ्काको सुविधा दिएर हेर्न रास्वपा र राप्रपालाई आग्रह गर्नुभयो । उहाँले संसदलाई नियमित सुचारु गर्ने कुरामा रास्वपा र राप्रपाको पनि जिम्मेवारी हुने बताउँदै उक्त कर्तव्य निर्वाह आग्रह गर्नुभयो ।
प्रमुख सचेतक घिमिरेले सरकारले गठन गरेको समितिले राम्रो ढङ्गले काम गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्