 
	    काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि पूर्वाधार निर्माण मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि पूर्वाधार निर्माणम गर्न ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको समेत जानकारी दिनुभयो । उहाँले सुरक्षा निकायहरू न्युन स्रोत र साधनमा काम गरिरहेकाले संरचना सुदृढीकरण अपरिहार्य भएको बताउनुभयो ।
गृहमन्त्री लेखकले प्रहरी चौकी निर्माण, बिओपी निर्माण तथा इलाका प्रशासन कार्यालयहरु थप गर्नुपर्ने मागहरु आएको र साहीअनुसार मन्त्रालयले प्राथमिकिकरणका आधारमा काम गर्दै जाने भनाइ छ । उहाँले राज्यलाई आर्थिक व्ययभार पर्ने भएकाले सबै माग तत्काल सम्बोधन सकिने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।
गृहमन्त्री लेखकले सुरक्षा निकायमा सरुवा र बढुवालाई व्यवस्थित गर्न पनि कानूनी सुधारको खाँचो रहेको उल्लेख गर्दै त्यसका लागि सम्बन्धित विधेयक संसदमा पेश गरिएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको आधार बनाउँदै लैजाने कार्यलाई समेत अघि बढाइएको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्