२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


समयानुकल बनाउनेतर्फ ध्यान नदिँदा पुराना ऐन विस्थापित भएनन् : सञ्चारमन्त्री गुरुङ


403
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २०४६ सालको परिवर्तनपछि सञ्चार मन्त्रालयसँग सम्बन्धित एउटा मात्र विधेयक पास भएको बताउनुभएको छ ।

राष्ट्रिय सभा बैठकमा चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले समयानुकुल ऐन कानूनहरु बनाउने कुरामा ध्यान नजाँदा पुरानै ऐनहरुमा रमाइरहेको बताउनुभयो । उहाँले अब समयानुकुल संशोधन र विस्थापित गर्दै लानेक्रममा चलचित्र विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।

सञ्चारमन्त्री गुरुङले नीतिले हैन, ऐनले, ऐनले हैन नियमावलीले चलाउने परिपाटीका कारण नयाँ परिस्थितिअनुरुप चल्नुपर्छ भन्ने हेक्का नहुँदा आज यो परिस्थितिबाट गुज्रिरहनुपरेको बताउनुभयो । नयाँ नीति, नयाँ व्यवस्था, नयाँ प्रणाली, नयाँ आवश्यकता, नयाँ प्रविधिको विकास भएअनुरुप समयानुकुल संशोधन र विस्थापित गर्दै लाने उद्देश्यसहित चलचित्र विधेयक आएको उहाँको प्रष्टोक्ति थियो ।

सञ्चारमन्त्री गुरुङले विधेयकले चलचित्र विकास बोर्ड गठन, त्यसको अधिकार, चलचित्र सेन्सर बोर्ड गठन र जनशक्तिसमेत व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।