Logo २९ भाद्र २०८२, आइतबार | Mon Sep 15 2025


टेक एण्ड पे प्रावधान सच्याइनेछ : मन्त्री खड्का


1k
Shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको टेक एण्ड पे प्रावधान सच्याइने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले आगामी आर्थिक वर्षको बजेटमा टेक एण्ड पे, टेक अर पे का विषयले चर्चा पाएको बताउँदै उर्जामन्त्री खड्काले यो बुझेर वा नबुझेर वा गल्तीले जुनसुकै कारणले आएको भएपनि सच्याइने बताउनुभयो । त्यसका लागि उर्जा मन्त्रालयले निर्णय गरेर अर्थमन्त्रालय पठाइसकेको जानकारी दिनुभयो ।

मन्त्री खड्काले लक्ष्य एकतिर र काम अर्कोतिर हुन नसक्ने बताउनुभयो । लक्ष्य पहिल्याउनका लागि प्रशस्त मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा आएको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाको ‘टेक एण्ड पे’ (लिएपछि मात्रै तिर) प्रावधानअनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणाका विरुद्ध ऊर्जा उत्पादकहरुले असन्तोष व्यक्त गर्दै आएका छन् ।

मन्त्री खड्काले अबका १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्नसके खपत हुनेकुराको सुनिश्चितता गरिएको बताउनुभयो । त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।