Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


सुन चाँदी पूर्ण रुपमा खुला गर्नुपर्छ : सभापति देउवा


806
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सुन,चाँदी खरिदका लागि पूर्ण रुपमा खुला गर्नुपर्ने बताउनुभएको छ ।

कांग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२÷८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले आफूले काठमाडौंमा सुनको व्यापार गर्नेहरुलाई बोलाएर सोध्दा चोरीको सुनबाट गहना बनाउनुपरेको गुनासो गरेको भन्दै नेपालमा सुन पूर्ण रुपमा खुला गर्नुपर्ने बताउनुभयो ।

सभापति देउवाले आफू प्रधानमन्त्री रहेको बेलामा पनि आफूले सुन पूरा रुपमा खोलेको बताउँदै सुन पूर्ण रुपमा खोल्न रोक्न नहुने बताउनुभयो । पूर्ण रुपमा खोल्दा चोरी हुन नसक्ने र विचौलिया, बद्मासी र तस्कर गर्नेहरुलाई फाइदा नहुने जिकिर गर्नुभयो । सुन पूर्ण रुपमा नखौल्नु बद्मासी भएको बताउनुभयो । मानिसहरु नोटमा विश्वास नगर्ने तर सुनमा विश्वास गर्ने गरेको उल्लेख गर्नुभयो ।

सभापति देउवाले भ्रष्टाचार रोक्न अझै व्यापक छलफल गरेर भ्रष्टाचार न्युनिकरणमा जोड दिनुपर्ने बताउनुभयो । अहिले नेपालमा व्यापारीहरुले दैनिक २० किलोसम्म सुन आयात गर्नसक्ने नीतिगत व्यवस्था छ ।

Skip This