
फाइल तस्बिर
काठामाडौं । आईसीसी विश्वकप लिग-टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ ।
आजको खेल स्कटल्याण्डमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरू हुनेछ । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो ।
८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउनेछ । पुच्छारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्