२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


राष्ट्रिय सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको संशोधन प्रश्ताव पारित


403
Shares

काठमाडौं । राष्ट्रिय सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिबाट भएको संशोधन प्रश्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पेश गर्नुभएको प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

मंगलबारको बैठकमा शिक्षामन्त्री पन्तले संशोधनसहितको प्रश्तावमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा मन्त्री पन्तले विश्वविद्यालयको भौतिक संरचना सम्पन्न भइसकेको र ओभरहेड पानी ट्याङ्की, बहुउद्देश्यीय हल र आन्तरिक सडक निर्माण भइरहेको जानकारी दिनुभयो । साथै ट्रिटमेन्ट प्लान्ट, फर्निचर तथा फर्निसिङसम्बन्धी काम चालु आर्थिक वर्षमा सम्पन्न हुने बताउनुभयो ।

शिक्षामन्त्री पन्तले विश्वविद्यालय सञ्चानप्रति सांसदहरुको सद्भाव र आशाप्रति आफ्नो पूर्ण समर्थन रहने बताउँदै विश्वविद्यालयले स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने स्पष्ट पार्नुभयो ।