६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छ : मन्त्री पन्त


2.353k
Shares

काठमाडौं । लेखक कल्पना रिजालको पूर्वीय दर्शन, प्रकृति र राष्ट्रियतासम्बन्धी ‘डाँफे’ कृतिको लोकार्पण गरिएको छ ।

शनिबार काठमाडौंमा एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त लगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले लेखक तथा बौद्धिक समुदायलाई वैदिक साहित्य र अध्यात्मबारे लेख्न आह्वान गर्नुभयो । उहाँले रामायण र महाभारतका नारी पात्रहरुको बारे लेखिएको पुस्तकहरुको अध्ययन गर्न समेत आग्रह गर्नुभयो ।

लेखकले आफू बसिरहेको समाज र आफूसँग उपलब्ध ज्ञानका स्रोतहरू उल्लेख गरेर पुस्तक लेख्नुपर्नेमा मन्त्री पन्तको जोड छ । उहाँले समसामयिक समाजको सही अध्ययन र वैदिक ज्ञानको गहिरो बुझाइ नै गुणस्तरीय साहित्यको आधार रहेको बताउनुभयो ।

राम्रो लेखक हुनलाई राम्रो पाठक पनि हुनुपर्ने मन्त्री पन्तको भनाइ छ ।