३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


संवैधानिक परिषद्सम्बन्धी विधेयक, २०७९ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा


182
Shares

काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त प्रश्ताव प्रश्तुत गर्नुभयो । प्रश्तावलाई संसदले सर्वसम्मतिले स्वीकृत भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ ५ गते सोमबार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।