१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


नौ महिनामा ३४ अर्ब रुपैयाँ बराबरको शेयर कर्जा प्रवाह


286
Shares

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा ३४ अर्ब बढीको शेयर धितो कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालु आवको चैत मसान्तसम्म यस्तो कर्जा ३७ प्रतिशतले बढेको छ ।

गत असारसम्म नेपालमा ९० अर्ब रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह भएकोमा चालु आवको चैत मसान्तसम्म उक्त कर्जा बढेर १ खर्ब २४ अर्ब १२ करोड रुपैयाँ पुगेको राष्ट्र बैकले सार्वजनिक गरेको रिर्पोटमा उल्लेख छ । यस अवधिमा २५ लाखदेखि माथिका कर्जाहरुमा प्रगति भएको छ भने साना लगानीकर्ताहरुले भने धेरै कर्जा नलिएको देखिएको छ ।

प्रवाह भएको कर्जामध्ये १ करोडमाथिको कर्जा २८ अर्ब ७६ करोड रुपैयाँ बराबर प्रवाह छ । ऋण असुलीको तनाव सामना गरिरहेका बैंकहरुले अन्य क्षेत्रमा अपेक्षित कर्जा प्रवाह नगरेपछि शेयर धितो कर्जामा भने उल्लेखित सुधार भएको देखिन्छ ।