२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


‘सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ’


0
Shares

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ ।

शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताउनुभयो । उहाँले दलहरुबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको बताउनुभयो । गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उहाँको भनाइ छ ।

प्रमुख सचेतक बर्तौलाले केही कानूनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको जिकिर गर्नुभयो । उहाँले सरकारले छलफललाई निश्कर्षमा पु¥याएर छिट्टै नियुक्ति गर्ने बताउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले सरकारले वर्तमान संविधान र व्यवस्था विरुद्धको कुनैपनि गतिविधिको प्रतिवाद र विरोध गर्ने बताउनुभयो । उहाँले राजावादीहरुको आन्दोलन देश शान्ति र समृद्धितर्फ अगाडि बढेको देख्न नचाहने प्रतिक्रियावादीहरुले मुलुकलाई द्वन्द्वमा लैजान गरेको प्रायोजित षड्यन्त्र भएको आरोप लगाउनुभयो । वंशको आधारमा देशको उच्च पदमा राख्न कुनैपनि नेपाली जनता तयार नभएको उहाँको भनाइ छ ।

प्रमुख सचेतक बर्तौलाले नेपाल राष्ट्र बैंकको आन्तरिक प्रबन्ध बमोजिम भइरहेका कामका बारेमा सरकारले केही बोल्न नसक्ने बताउनुभयो ।