Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट न्यायमा नागरिकको सहज पहुँच स्थापित गर्नुपर्छ : राष्ट्रपति पौडेल


169
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्न जोड दिनुभएको छ ।

शुक्रबार काठमाडौंमा कानून दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरुप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शिघ्र व्यवस्थापनमार्फत छिटो छरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य, मान्यतामा क्षयिकरण हुन नदिइ न्यायपालिकाको जनआस्था वृद्धि गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारण लगायतका लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले मूल्य, मान्यताहरुप्रति प्रतिवद्ध रहँदै सोको संरक्षण र प्रवद्र्धन गर्ने एवं न्यायपूर्ण समाज निर्माण गर्ने सन्दर्भमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व रहेको बताउनुभयो ।