
काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक बस्दै छ ।
बुधबार बैठक ११ बजे बस्दै छ । प्रतिनिधि सभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ ।
संसदमा नीति तथा कार्यक्रममा गत सोमबारदेखि सांसदहरुले आ-आफ्नो धारणा राखि रहेका छन् । आज पनि सांसदहरुले नीति तथा कार्यक्रममा आ-आफ्नो धारणा राख्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र संघीयता सबलीकरण समितिका बैठक पनि बस्दै छ ।
यता राष्ट्रिय सभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक २८ गते मात्र बस्ने छ । आगामी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्