Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


आज विश्व प्रेस स्वतन्त्रता दिवस


130
Shares

काठमाडौं । आज मे ३ अर्थात् ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस ।

बलियो नयाँ युगमा रिर्पोटिङ–प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

दिवसकै अवसरमा नेपाल पत्रकार महासंघलगायत सञ्चारसंग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै छन् ।

संयुक्त राष्ट्रसंघीय संगठन युनेस्कोको आयोजनामा नामिबियाको विण्डहक शहरमा भएको पत्रकारको सम्मेलनले बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो ।

जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरणमा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।

संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरे पनि नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटना भएका छन् ।