धनकुटा । नगरपालिका घोषणा भएको ४० वर्षपछि धनकुटा नगरपालिका वडा नं. ८ स्थित याक्ते गाउँमा बल्ल सडक पुगेको छ ।
अल्पसंख्यक आठपहरीया जाती मात्र बस्दै आएको यो गाउँमा यसअघि सडक पुग्न सकेको थिएन ।
नगरपालिकाले धनकुटा वडा नं. ७ स्थित बसपार्कदेखि घुमाउने चौतारा, टेकुनाला, याक्ते सान्ताङ हुँदै त्रिवेणी चोकसम्म जोडिने रिङरोड निर्माण गरेपछि यो विकट गाउँमा पनि सडक पुगेको हो ।
चुलिबनभन्दा मुनी भिरको बीचमा रहेको यो गाउँमा करिव २५ जना आठपहरीया मात्र बस्दै आएका छन् ।
चालू आर्थिक वर्ष ०७४/७५ मा २१ लाख रुपैयाँ विनियोजन गरेर सडक निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्