 
	    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपति समशेर जबराले मुलुकको कुल विद्युत खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत मात्रामा बिजुली निकासी गर्नेकुरा सरकारको उद्देश्य हुनुपर्ने बताउनुभएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले मुलुकको राजश्वले साधारण खर्च पनि धान्न नसकेको भन्दै देशको युवाहरु विदेशमा गएर बगाएको खुन पसिनाले कमाएको रेमिट्यान्सले जिडिपीको ७५ प्रतिशत वार्षिक सामान आयात गर्ने क्षमता रहेको बताउनुभयो । उहाँले कुल रिजर्भ १५ महिनाको आयात धान्ने क्षमता रहेको बताउँदै जनवरी २०२५ को रिपोर्टअनुसार लगभग १५।६६ बिलियन डलर मुद्राको सञ्चिति भएको बताउनुभयो ।
सांसद जबराले भारतबाट विद्युत आयात गरेपनि वर्षा मौसममा २०८१ भदौ ७ मा ७ सय ४४ मेगावाट विद्युत भारतमा निर्यात गरेको बताउनुभयो । उहाँले बंगलादेशलाई ५ महिनाको लागि वर्षात मौसममा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको बताउनुभयो । नेपालसँग ८३ हजार मेगावाट विद्युतको सम्भाव्यता भएको देशले ३५ सय मेगावाट विद्युत उत्पादन गरिरहेको बताउनुभयो । उहाँले यो उद्देश्य प्राप्तिका लागि विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।
सांसद जबराले यसका लागि सजिलो किसिमको नियम कानून र भ्रष्टाचारमुक्त वातावरण लगानी कर्ताले खोजेको बताउनुभयो । यस किसिमको परिस्थिति हालसम्म पनि सरकारले सिर्जना गर्न नसकेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्