Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


देउवाजीले सरकार ढल्दैन भनेपछि पुर्पुरोमा हात लगाएर खुई गर्दै बसेका छन् : प्रधानमन्त्री ओली


4.4k
Shares

काठमाडौं प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरु पुर्पुरोमा हात लगाउन थालेको बताउनुभएको छ ।

शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आए लगत्तै सरकार ढल्छ भन्ने गरेकोप्रति लक्षित गर्दै अहिले पुर्पुरोमा हात लगाएर बस्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले सरकार परिवर्तनको हल्ला फिँजाउन जरुरी नरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले हल्लाखोरको पछाडि लाग्न नहुने भन्दै मिसन २०८४ मा लाग्न पार्टीका नेता/कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो । उहाँले विमानस्थलमा सभापति देउवाले सरकार ढल्दैन भनेसँगै अहिले पुर्पुरोमा हात लगाएर सुस्केरा हाल्दै बस्ने गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेपालको यही भूबनावटले नेपाललाई सधैँ स्वाधीन राखेको बताउनुभयो ।