Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


चीनमा ५० प्रतिशत अतिरिक्त करको घोषणा


5.6k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिनुभएको छ ।

ट्रम्पको कर नीति तथा योजनाका कारण केही दिनदेखि चीनको शेयर बजारनै समयमा खुल्न सकेको नसकिरहेको अवस्थामा फेरि ट्रम्पले चीनले प्रतिशोधात्मक शुल्क फिर्ता नलिए ५० प्रतिशत अतिरिक्त भन्सार महसुल थप्ने चेतावनी दिनुभएको हो ।

अमेरिकाले भने जति थप भन्सार महसुल लागेमा चीनबाट सामान आयात गर्ने केही अमेरिकी कम्पनीले १०४ प्रतिशत करको सामना गर्नुपर्ने देखिएको छ ।

चीनले गत शुक्रवारदेखि अमेरिकी सामानमा ३४ प्रतिशत प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको थियो । अहिले ट्रम्पको कर नितीले विश्वव्यापी रुपमै शेयर बजारमा उथल–पुथल मचाएको छ ।

यसैबीच बेइजिङ्को वाणिज्य मन्त्रालयले अमेरिकाको चेतावनी कहिल्यै नस्विकार्ने भन्दै यसको गतिलो जवाफ दिने प्रतिक्रिया दिएको छ ।