Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा


806
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा आज भएको सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो. । यी रिटमा हिजो पनि पेशी तोकिएकामा सुनुवाइ भएको थिएन ।

घिसिङले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नुभएको हो भने शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै उतिबेला नै रिट दायर गर्नुभएको थियो ।

शाक्यले चार वर्षअघि आफूले दायर गरेको रिटमा निर्णय नदिई हालको घिसिङको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै पुनः रिट दायर गरेका हुन् ।