Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


कागजविहीन अदालतको यात्रामा अघि बढिसक्यौँ : प्रधानन्यायाधीश राउत


5.7k
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा आफूहरु अघि बढिसकेको बताउनुभएको छ ।

मंगलवार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरुलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरुको विशेष प्रकृतिको निवेदन दर्ता त्था व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानन्यायाधीश राउतले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकिल, न्यायाधीश, कानून व्यवसायी तयार हो की होइन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुन नसक्ने जिकीर गर्नुभयो ।

न्यायिक सुधार गर्नैपर्ने भएको र न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको बताउनुभयो । प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिने बताउनुभयो । प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसंगति हटाउने उहाँले बताउनुभयो ।

प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘हामीले न्यायिक सुधार गर्नैपर्ने भएको छ । तर न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै होलान् । तर एउटा माध्यम के पनि हो भने प्रविधिमार्फत हुने सुधार हो । यसले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्दछ । अनियमितता, विकृति र विसंगति हटाउन मद्दत गर्दछ । यसको मुल कुरा हो । यति कुरा गर्नसक्दा जुडिसियल रिफर्मलाई धेरै मद्दत पुग्छ ।’

प्रधानन्यायाधीश राउतले जसरी भएपनि जुडिसियल रिफर्म गर्नैपर्ने बताउनुभयो ।