Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


आजको मौसम


13
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा चट्याङ्गसहितको वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।