Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली


507
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो द्धन्द्धकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति तथा निजका परिवारका सदस्यले छिटोभन्दा छिटो न्याय पाउन भन्नेकुरामा सरकार संवेदनशील एवं गम्भिर रहेको समेत बताउनुभयो । उहाँले वेपत्ता तथा मेलमिलाप आयोग ऐन, २०७१ तेस्रो पटक संशोधन गरिएको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरुको नियुक्ति प्रक्रिया यथासक्य छिटो शुरु गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले द्वन्द्वपीडितको न्यायको लागि सरकार दृढ रहेको बताउनुभयो ।