Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


‘वायुसेवा निगममा किन दुईजना कार्यकारी प्रमुख राखेको ?’


0
Shares

काठमाडौं, असोज २ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले संविधानको प्रभावकारी कार्यान्वयन र मुलुकको विकासका लागि सत्ता र प्रतिपक्ष एकजुट हुनुपर्ने धारणा राखे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले सरकारका गलत कामकाविरुद्ध प्रतिपक्ष दलले विरोध गरिरहेको भन्दै सकारात्मक कामका लागि सरकारलाई सदैव साथ रहने बताए ।

सांसद राजेन्द्र लिङ्देनले ‘वाइडबडी’ विमान खरिद प्रकरणमा भएको ‘भ्रष्टाचार’को छानबिन गर्न माग गर्दै नेपाल वायुसेवा निगममा किन दुईजना कार्यकारी प्रमुख राखेको ? भन्ने प्रश्न गरे ।

सरकारको ध्यानाकर्षण

यसअघि, बैठकको शून्य समयमा सांसदहरु शेरबहादुर तामाङ, सूर्यराज पाठक, सुरेन्द्र कार्की, सञ्जय गौतम, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याराको खोजी, कमजोर शान्ति–सुरक्षा, बाढी–पहिरोका पीडितलाई क्षतिपूर्ति र पुनःस्थापनालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।