काठमाडौं, असोज २ । राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष कमल थापाले राज्यका प्राय सबै अंगहरु पार्टीकरणको चपेटामा परेकाले ती अंगहरुप्रति जनताको विश्वसनीयता घटेको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै उनले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको आरोप लगाए ।
देशको आवश्यकता हो कि होइन ? भन्ने बहस नगरी थोपरिएकोे संघीयताले जनतामाथि करको बोझमात्र थपेको भन्दै उनले देश एकदलीय अधिनायकवादतर्फ उन्मुख हुन लागेको बताए ।
राजसंस्था हटाएपछि देश अभिवाहकविहीन भएको भन्दै उनले चालू बैठकमार्फत् समान विचारधारा बोकेका दलहरुलाई एकताका लागि आह्वान गर्ने पनि बताए ।









प्रतिक्रिया दिनुहोस्