
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मुलुकमा सुशासन अभावका कारण राजश्व र पुँजीगत खर्च समेत घट्दै गएको कारण सुशासन प्रवर्द्धन विधेयक ल्याएको बताउनुभएको छ ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले शासन प्रणालीसँग जोडिएका अधुरा र अपूरा कानूनहरुलाई पूर्णत दिनको लागि विधेयक अपरिहार्य ठानेर ल्याइएको दाबी गर्नुभयो. । उहाँले मुलुकमा सुशासन कायम गर्नको लागि वाधक रहेका कानूनहरुमा सुधार गरि सार्वजनिक सेवा प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक ठानेर सरकारले विधेयक ल्याएको बताउनुभयो ।
मन्त्री गुरुङले प्रभावकारी सेवा र न्याय दिनको लागि नै सरकारले अध्यादेशमार्फत कानून संशोधन गर्न लागेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्