काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक क्षेत्रलाई राजनीतिभन्दा अलग राख्नुपर्नेमा जोड दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयको साधारणसभालाई आज सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले शैक्षिक क्षेत्रहरुमा हुने नियुक्ति, सरुवा र बढुवालाई राजनीतिभन्दा बाहिर राख्न आग्रह गरे ।
राजनीतिकरणले शिक्षाको विकास हुन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले देशकै सवैभन्दा जेठो त्रिभुवन विश्वविद्याललाई विश्वमै नमूनायोग्य बनाउनु पनि विश्वविद्यालयकै दायित्व भएको बताए ।
प्रतिक्रिया दिनुहोस्