सर्लाही । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको विरोधमा आज सर्लाहीमा विरोध र्याली निकालिएको छ ।
नेपाल विद्यार्थी संघको आयोजनामा सर्लाहीको लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पस इकाइले र्याली निकालेको हो ।
कार्यक्रममा ठूलो संख्यामा महिला, विद्यार्थीलगायत सर्वसाधारण सहभागी भएका थिए ।
उनीहरुले बालिकाको बलात्कार गरी हत्या गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्