
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्