Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


गुठी किसानले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न सरकारलाई निर्देशन


1.5k
Shares

काठमाडौं । स्वर्गद्वारी गुठी किसानले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यस्तो निर्देशन दिएको हो ।

गुठी संस्थानको समेत समन्वयमा स्वर्गद्वारी गुठी किसानहरु जग्गाधनी प्रमाण पूर्जा दिन आवश्यक कानूनी व्यवस्था तर्जुमा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति कुसुमदेवी थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गुठी पीडितले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा, गुठी संस्थान समेतको समन्वयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन गर्ने ।’

समितिले गुठी पीडितका समस्याका विषय तथा कार्य प्रगतिको विवरण समेत १५ दिनभित्र समितिलाई जानकारी गराउन निर्देशन दिइएको छ ।