Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


“लाए माया तिमिलाई छानी…“ लोक मारुनी गीतको म्युजिक भिडियो विमोचन


442
Shares

पाँचथर । गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो विमोचन भइ ओ एस आर डिजिटल यु टुब च्यानलबाट गीत रिलिज भएको छ ।

रेडियो नेपालकी गायिका पबित्रा ओलीको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार तथा गीतकार केशव आचार्य ज्युबाट गीतको विमोचन भएको थियो।

मारवाडी भाषामा गीत कविता लेखेर पछिल्लो समय चर्चा बटुल्दै आउनु भएका गीतकारको यो पहिलो नेपाली लोक मारुनी गीत हो भने गीतकारको दर्जनौ गीतहरु रेकर्डिङ भइ स्रोता दर्शकको माझ आइसकेका छन ।

गायक निरज पोखरेल र गायिका मेलिना राईको स्वरमा रहेको गीतको सङ्गीत भने गायक पोखरेलकै रहेको छ । कार्यक्रममा यसै गीतमा प्रमुख अभिनय गर्ने माही शर्मा को पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा गीतकार सत्यनारायण तायल ज्युले विमोचन भएको गीतको बारेमा चर्चा गरे । यस्तै गायिका पवित्रा ओली र यसै गीतका गायक निरज पोखरेलले गीत प्रस्तुत गरेका थिए साथै उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार टन्क विकल्प, माधव पौडेल, ओम प्रकाश भट्टराई, गायक उमेश पाण्डे, प्रदीप महतो, निमेष शिवाकोटी आदिको उपस्थिति रहेको थियो । गीतकार तथा साहित्यकार लवकुश गौतमले कार्यक्रम संचालन गरेका थिए ।