
काठमाडौं । नेपाली सेनाले सेना दिवसको अवसरमा प्रधान सेनापति खुला म्याराथन-२०८१ आयोजना गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले २६२ औं सेना दिवसको अवसरमा फागुन १० गते प्रधान सेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सेनानी नरेश केसीले ४२.१९५ किमि पुरुष खुला म्याराथन र हाफ म्याराथन २१ किमि महिला र पुरुष दुवैको लागि खुल्ला रहेको बताउनुभयो । उहाँले १० किमिको म्याराथन नेपाली सेनाका सैनिक अधिकृतहरु महिला र पुरुष दुवैको लागि रहेको बताउनुभयो ।
प्रमुख सेनानी केसीले १० कि।मि।को म्याराथन नेपाली सेनाका विभिन्न दहमा कार्यरत कर्मचारी र काठमाडौं उपत्यकाका अवकाश प्राप्त सकलदर्जाका १२ कक्षासम्म पढ्ने छोरा छोरीहरुले पनि भाग लिन पाउने उल्लेख गर्नुभयो । उहाँले ५ किमि वकथन प्रमुख अतिथि र आमन्त्रित व्यक्तिहरुको लागि राखिएको बताउनुभयो । उहाँले ५ कि।मि सैनिक महाविद्यालय र विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले सहभागिता जनाउन पाउने बताउनुभयो ।
प्रमुख सेनानी केसीले प्रधान सेनापति खुला म्याराथन–२०८१ मा ३ हजार सहभागिता हुने अपेक्षा रहेको बताउनुभयो । उहाँले प्रधान सेनापति खुला म्याराथन–२०८१ प्रथम हुनेले ३ लाख रुपैयाँ राशिको पुरस्कार रहेको बताउनुभयो । उहाँले द्वितियलाई २ लाख,तृतीय हुनेलाई १ लाख, चौथो हुनेलाई ५० हजार, पाँचौलाई ३० हजार, छैंठां २५ हजार,सातौं २० हजार, आठौं १५ हजार,नवौं १० हजार र दसौं हुनेलाई ५ हजार रुपैयाँ रहेको बताउनुभयो ।
प्रमुख सेनानी केसीले २१ किमि हाफ म्याराथनमा प्रथम हुने महिला र पुरुष दुवैले ७५ हजार, द्वितिय ५० हजार र तृतीय ३५ हजार रुपैयाँ पाउने बताउनुभयो । उहाँले १० किमी दौडमा प्रथम हुनेलाई १० हजार रुपैयाँ राशीको पुरस्कार रहेको बताउनुभयो । उहाँले म्याराथन तथा हाफ म्याराथन विजेताहरुलाई यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटर प्रदान गरिने बताउनुभयो ।
सेनाकाअनुसार खुला म्याराथनमा भाग लिन निःशुल्क दर्ताको व्यवस्था गरिएको र माघ ३० गतेसम्म दर्ता गरिसक्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्