
काठमाडौं । झापाबाट काठमाडौं आइरहेको निजी विद्युतीय गाडी (ईभी) सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिकाका गाडीचालक २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको प्रहरीले जनाएको छ ।
गाडी सडकबाट करिब चारसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्