२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


जटायु रेष्टुरेन्टमा राखिएका १२ वटा गिद्धलाई जंगलमा छाडियो


0
Shares

नवलपरासी । नवलपरासीको जटायु रेष्टुरेन्टमा संरक्षण गरी राखिएका १२ वटा गिद्धलाई जंगलमा छाडिएको छ ।

गत चैतमा चितवन राष्ट्रिय निकुञ्जबाट लगेर ती गिद्धलाई जटायु रेष्टुरेन्टको खोरमा राखिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, दातृ निकायका प्रतिनिधि र संरक्षणकर्मीको उपस्थितिमा ती गिद्ध फेरी जंगलमा छाडिएको हो ।

संकटापन्न अवस्थामा रहेका गिद्धको संरक्षणका लागि प्रकृतिमा छाडिएको वन्यजन्तु संरक्षण विभाले जनाएको छ ।

रेष्टुरेन्टमा बाहिर रहेका र खोरमा राखिएका गिद्धलाई सँगै खाना खुवाइने गरिएको थियो ।

जालीभित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेष्टुरेन्टमा गरिएको थियो ।

योसँगै जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ ।

अति संकटापन्न अवस्थामा रहेको डङ्गर जातको गिद्धको संख्या बढाउन दातृ निकायको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुबै देशसँगै अन्य मुलुकले पनि गिद्ध संरक्षणमा जोड दिँदै आएका छन् ।