
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल समृद्ध देश बन्ने आधारहरु धेरै रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पूर्खाहरुको देश भएको उल्लेख गर्दै वाधिन र स्वाभिमानी देश भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको भुगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताउनुभयो । नेपालले तेल र फलाम खानीहरुको उत्खनन गरिहेको भन्दै कलंकको रुमपा रहेको गरिबीलाई छिटो हटाउन आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देश बनाउने आफ्नो सपना भनेको समृद्ध नेपाल, सुखी नेपाली रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्