Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


पूर्वराष्ट्रपति दलीय राजनीतिमा फेरि सक्रिय हुनु उचित होइन : प्रदीप ज्ञवाली


1.5k
Shares

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच उपमहासचिव ज्ञवालीले बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भुमिकामा फर्किने कुरा उचित नहुने बताउनुभयो । उहाँले राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरु भएको उल्लेख गर्दै उक्त संस्थाहरुलाई सुदृढिकरण गर्दै थप मर्यादित बनाउनु सबैको कर्तव्य रहेको समेत बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष पदमा लड्ने गरी एमालेमा सक्रिय हुन लागेको भाष्य निर्माण गरिएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताउनुभयो । उहाँले पार्टीमा पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने नफर्किने विषयमा कुनै छलफल र बहस नभएको समेत स्पष्ट पार्नुभयो ।

उपमहासचिव ज्ञवालीले अहिले बाहिर भइरहेका चर्चाहरु अनुमान मात्र भएको बताउनुभयो । उहाँले सत्य समाचारको रक्षा गर्न तथा मिथ्या सूचनाको बाढी रोक्नको लागि सामाजिक सञ्जाल नियमन विधेयक ल्याइएको समेत बताउनुभयो ।