२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित


13.494k
Shares

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले ल्याएको अध्यादेशलाई स्वागत गरेको छ । सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न भन्दै एक साथ दर्जन कानून संशोधन गरेको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै महासंघले भूमि सम्बन्धि अध्यादेश निकै सकारात्मक रहेको भन्दै घरजग्गा व्यवसायीहरुले स्वागत गरेका हो । उक्त संशोधनमा भूमि सम्बन्धि व्यवस्थालाई पनि परिमार्जन गरेको छ । सरकारको यो सुधारले घरजग्गा व्यवसायीहरुलाई मात्रै नभएर समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले सरकारले ल्याएको अध्यादेश स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले सरकारले ल्याएको भूमि सम्बन्धि अध्यादेश निकै सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले हाउजिङमा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले जग्गाको कारोबार विद्युतीय माध्यमबाट गर्न सरकारलाई सुझाव दिनुभयो ।

अध्यक्ष घिमिरेले जग्गाको मूल्य र कर्जा धितोको अनुपातका साथ आवास खरिदका लागि आम्दानीको स्रोत खुलाउनुपर्ने हालको व्यवस्थालाई नेपाल राष्ट्र बैकले लचकता अपनाएर पुनरावलोकन गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले घरजग्गामा लाग्दै आएको हदबन्दीमा सुधार स्वागतयोग्य गरेको बताउनुभयो ।

उहाँले घर जग्गाको कारोबार राष्ट्र बैंकका कारण बढ्न नसकेको आरोप लगाउनुभयो । उहाँले सरकारले घरजग्गा कारोबारमा ल्याण्डपुलिङ र हाउस पुलिङमा निजी क्षेत्रलाई सहभागिता गराउन आवश्यक रहेको बताउनुभयो ।- न्युज एजेन्सी नेपाल